धरान: हिजो बिहिबार बिहानै श्रीमतिलाई कुटपिट गरी घाइते बनाएर धरान ८ अर्जुन टोलका एक व्यक्ति फरार भएका छन् । पीडित श्रीमति प्रमिला राईले प्रहरीमा जाहेरी दिएपछि अहिले प्रहरीले खोजी गरिरहेको छ ।

बिहान करिब ७ बजे डेरामा २८ बर्षीय श्रीमति प्रमिलालाई उनको श्रीमान् ३० बर्षीय संजित राईले कुटपिट गरेका थिए । पीडित श्रीमतिले प्रहरीमा दिएको जाहेरी अनुसार उनलाई श्रीमान्ले क्यामाराको स्टेन र लात,मुक्काले कुटपिट गरी घाइते बनाएका थिए । जथाभावी कुटपिट गर्ने श्रीमान्विरुद्ध उनले प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दिएकी थिइन् । घटना पछि फरार भएका श्रीमान् संजितको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।