पथरी: लागुऔषध प्रयोगकर्तालाई दुव्र्याशनवाट मुक्त गराएर नशाविहिन वनाउन मोरङको पथरीमा अलाइ फाउण्डेशनले डे केयर कार्यक्रम सुरु गरेको छ ।
पुर्व दुव्र्यासनीहरुले नै सुरु गरेको यस कार्यक्रमले दुव्र्यासनबाट मुक्त हुन चाहने युवालाई सहयोग गरीरहेको संस्थाका अध्यक्ष विपीन गुरुङ्गले जानकारी दिए । एक वर्ष अघि स्थापना भएको फाउण्डेसनले पथरीशनिश्चरेका ४१ जना मध्ये ६ जनालाई निःशुल्क र १२ जनालाई अर्धशुल्कमा लागुपदार्थ पुनस्थापना केन्द्रमा पठाएको छ । त्यस मध्ये २० जना युवाले यस वर्ष नसाविहिन जिवन विताउन थालेका छन् । इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा ति युवाहरुलाई निशुल्क रुपमा पुर्नस्थापना गरिएको गुरुङ्गले जानकारी दिए ।

हामीले युवालाइ पुनः दुव्र्याशनी नवनुन भनेर कार्यालयमा डे केयर सेन्टर सन्चालन गरेका छौ । निशुल्क रुपमा युवाले डे केयरको सुविधा लिन पाउनेछनःगुरुङ्गले भने । एक पटक दुव्र्यासनमा फसेकालाई पुनः दुव्र्यसनमा नफसुन् भनेर सेन्टर चलाएको उनले वताए । सेन्टरमा निःशुल्क वाइफाइ,पुस्ताकालय, पत्रपत्रिका र इनडोर खेलको व्यावस्था गरिएको छ । पुस्तक पढेर वा इन्टरनेटको माध्यमबाट युवाको मन दुव्र्यासन तिर नलागोस भनेर सुरुवात गरिएको डे केयरले धेरै युवालाई सहयोग गरेको गुरुङ्गको भनाइ छ ।
सुधार केन्द्रमा वसेर आएपनि साथीभाइको संगतमा फेरी लागुपर्दाथ प्रयोगकर्ता बन्ने जोखिमलाई निरुत्साहित गर्न सेन्टर स्थापना गरिएको हो । सुधार केन्द्र बसेर फर्किएकामा लागुपर्दाथ प्रयोग गर्ने जोखिम बढी हुने गरेको छ । सेन्टरले सचेतना कार्यक्रम गर्ने देखि पुर्वदुव्र्यासनीलाई कसरी समाजमा स्थापना गर्नेसम्मका कार्य गर्दै आएको उनले वताए । वेरोजगार रहेका पुर्व दुव्र्यासनीलाइ समेत श्रमका अवसर खोजी दिने सेन्टरले गर्दै आएको उनले वताए ।