इनरुवा : सुनसरीको दुहवी नगरपालिका ३ नम्बर वडाले ५० जनाको परिवारलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । दुहवी नगरपालिका ३ नम्बर वडा कार्यालयले शुक्रवार एक कार्यक्रम आयोजना गरि जाडोका लागि न्यानो कपडा वितरण गरेको हो ।

नगरपालिका ३ नम्बर वडा कार्यालयले ५० जना मानिसहरुलाई न्यानो कपडाको रुपमा कम्बल वितरण गरिरेको हो । कार्यक्रममा दुहवी नगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष माधव भण्डारी र वडा सदस्य मैना राईले वडाका ज्येष्ठ नागरिक,अपांग, एकल महिला तथा असहाय हरुलार्इ न्यानो कपडा बितरण गरेका थिए ।