इनरुवा : सुनसरीको दुहवी नगरपालिकामा रहेको दुहवी वडा नम्बर ५ स्थित निसहाय बालबालिका सेवा आश्रममा रहेको बालबालिकाहरुलाई समुदाय प्रहरी सुनसरी जिल्ला समितिले न्यानो कपडा वितरण गरेको छ ।
दुहवी ५ स्थित निसहाय बालबालिका सेवा आश्रमलाइ न्यानो कपडामा स्विटर र टोपी वितरण गरिएको हो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, सुनसरीका प्रहरी प्रमुख राजन अधिकारी र इप्रका दुहवीका प्रहरी निरीक्षक राम नारायण माझिले न्यानो कपडाको रुपमा स्विटर र टोपी वितरण गरेको थियो ।