इनरुवा : सुनसरीको कोशी गाउँपालीका तस्करको केन्द्र बिन्दु बन्दै गएको छ । भण्टावारी नाकाबाट सशस्त्र प्रहरीले ७ लाख भन्दा बढीको अवैध कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल भण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वको प्रहरी टोलिले शनिबार राति भारतबाट भन्सार छलेर ल्याइएको ७ लाख ४५ हजार मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार सशस्त्र प्रहरी बल नेपाल भण्टावारीले अवैध रुपमा भारतबाट भन्सार छलि ल्याइएको सो मुल्य बराबरको ४ वटा पोकामा रहेको कपडा बरामद गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको भाण्टावारी सशस्त्र प्रहरीले जनाएको छ ।