मोरङ : जिल्ला कारागार मोरङमा जवरजस्ती मुद्धामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।
मोरङ हसन्दह–६ घर भएका ८२ वर्षीय घुन्सी ऋषीदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दम सम्बन्धी रोग भएका ऋषीदेवको उपचारका क्रममा कोशी अंचल अस्पतालमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।