मोरङ : विराटनगरबाट प्रहरीले स्कुटरको साईट प्यानलमा लुकाई राखेको लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ३ बस्ने बर्ष ३२ को संजय कुमार ठाकुरलाई लागूऔषध सहित राती ८ बजे पक्राउ गरेको हो ।
भारतको जोगवनीबाट को. २१ प ९८९६ नम्बरको स्कुटरमा नेपाल तर्फ आउँदै गरेका उनलाई शंकालागि चेकजाँच गर्ने क्रममा स्कुटरको साईड प्यानलमा लुकाई राखेको लागूऔषध एभिल ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल र डाईजेल्याव ५० एम्पुल फेला परेको थियो ।
बिराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका ठाकुरलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।