इटहरी:इटहरीकी १५ बर्षीया किशोरी बालात्कार गरेको अभियोगका ३ जना युवाहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
गत माघ ८ गते आफूलाई पटक–पटक ३ जना युवाहरुले ललाई फकाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी थिईन् । सोही उजुरीका आधारमा तरहराका भीमबहादुर परियार (४५), सुबास बिक (२३) र प्रकाश खड्का (२२) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँले जानकारी दिए ।

‘हामीले जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरि अनुसन्धान गरिरहेका छौँ,’चौलागाईँले मंगलबार टेलिफोन सम्पर्कमा भने, ‘१८ बर्ष भन्दा कम उमेरको सँग राजीखुशीमै पनि शारीरिक सम्बन्ध राख्न नहुने अहिलेको कानुनमा छ ।’ तीनै जनाले फरक–फरक समयमा ललाई फकाई गरि शारीरिक सम्बन्ध राखेको आँफूहरुले बुझेपनि थप अनुसन्धानकै क्रममा रहेको चौलागाईँले जानकारी दिए ।