झापा: झापाको शिवसताक्षी नगरपालिकाले विपत ब्यवस्थापनका लागि विभिन्न सामाग्री वितरण गरेको छ ।

बर्षायाममा बाढीको उच्च जोखिममा पर्ने गरेको शिवसताक्षी नगरपालिका क्षेत्रभित्र आगजनीको पनि उत्तिकै जोखिम छ । यस कुरालाई मध्यनजर गर्दै नगरपालिकाले बाढीको प्रकोपमा आम नागरिकहरुका लागि सुरक्षा प्रदान गर्न लाइभ ज्याकेट २० थान, डाइनामिक रोप २ प्याकेट २ सय मिटर, फायर इस्टिङ्ग्युसर ९ केजि तौलका ८ थान लगायतका सामाग्री झिझिले इलाका प्रहरी कार्यालय झापा र नेपाल रेडक्रस सोसाइटी उपशाखाको रोहवरमा सञ्चालन हुने गरी वितरण गरेको छ ।

वितरण गरिएका सामाग्री प्रहरीको मातहतमा रहदा सवै भन्दा पहिला प्रहरीनै घटना स्थलमा पुग्ने र प्रहरीकै सकृयतामा उद्धार सम्भव भएको वताउदै नगर प्रमुख चन्द्र कुमार शेर्माले थप ब्यवस्थित गर्न नेपाल रेडक्रस सोयाइटीलाई समेत सामाग्री वितरण गरेको वताए । नगरपालिकामा ६ केजि तौलका ३ थान फायर एस्टिङ्ग्युसर र २ थान लाइफ ज्याकेट रहेका छन भने ११ वटै वडामा एक एक थान ६ केजि वरावरका फायरएस्टिङ्ग्युसर वितरण गरिएको छ ।

एक लाख ३ हजार ९ सय ६० रुपैयाँ वरावरको फायर एस्टिङ्ग्युसर, ५६ हजार ५ सय मुल्यका लाइभ ज्याकेट, ५५ हजार ३ सय ७० रुपैयाँको डाइनामिक रोप हरेक वर्ष विनियोजन हुने विपत ब्यवस्थापन अन्तर्गतको रु ५० लाख वजेट भित्र वाटै खरिद गरेको नगरपालिकाका शाखा अधिकृत डिल्लिराम नेपालले जानकारी दिए । विपत ब्यवस्थापनका लागि नगरपालिकाले दमकल खरिद गर्ने कार्य योजना निर्माण गरिसकेको वताउदै नगर प्रमुख चन्द्र कुमार शेर्मा दमकलको प्रयोग प्रभावकारी वनाउन दमकल भएका अन्य नगरपालिकाले सञ्चालन गरेको दमकल सहि ब्यवस्थापन र खवर समयमै नभएका कारण हुन नसक्दा परिचालनमा समस्या हुने गरेको वताउदै आफुहरुले तत्काल घटना स्थलमा पुग्न सक्ने वातावरण तयार गरेर मात्र दमकल सञ्चालनमा ल्याइने वताएका छन् ।