झापा : झापाको मेचीनगर नगरपालिका–६ भन्सार कार्यालयको गेट अगाडीबाट प्रहरीले मंगलवार लागूऔषध खैरो हेरोईन सहित १ युवकलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका १० का २१ वर्षीय बिमल कुमार कामतलाई पक्राउ गरेको हो ।

कामतले भारतीय बजार पानी टंकीबाट खरिद गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथमा लुकाई छिपाई राखेको ७ ग्राम खैरो हेरोईन फेला पारी बरामद गरेको हो ।

दिउँसो सवा १ बजे पक्राउ परेका कामतलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।