सप्तरी : सप्तरीमा दुई वर्ष आठ महिना जेल सजाय भुक्तान गरेका एक व्यक्ति रिहा भएपछि भव्य स्वागत गरिएको छ । बैंक लुटपाट गरेको अभियोगमा पक्राउ परेका रुपनी–१ रायपुरका अनिल भनिने अरुण कुमार साहलाई रिहा भएपछि भव्य स्वागत गरिएको हो ।
सर्वोच्च अदालतको माघ १० गतेको परिपत्रका आधारमा अरुणकुमार साह मंगलबार साँझ रिहा भएकोमा खुसिायाली मनाइएको छ । रिहाको खबरपछि कारागार पुगेका तत्कालिन माओवादीका नेताहरु, सहकर्मी साथी, परिवारका सदस्यहरुले साहलाई खादा, माला, अविर नै लगाएर स्वागत गरेका थिए ।

मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन २०७४ को व्याख्या गर्दै सर्वोच्च अदालतले संहिता लागु हुनु पूर्वको अवस्थामा एक दिनको २५ रुपैयाँका दरले हुने गरी जरिवानावापत कैद तोकिएकोमा त्यस्तो पुर्जी संशोधन गरी परिपत्र गरेपछि साहको कैद भुक्तान भएको हो ।