मोरङ : बुढीगंगा गाउँपालिका १ मिलन चौकमा मोटरसाईकलको ठक्करबाट साईकलमा सवार २ जना बिद्यार्थी घाइते भएका छन् ।
भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १५ प १२२७ नम्बरको मोटरसाईकलले विपरित दिशाबाट साईकलमा आउँदै गरेका सोही गाउँपालिका ३ बस्ने १४ वर्षीय निशान्त लिन्दम र १४ वर्षीय किशोर भुजेललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवै जनालाई उपचारको लागि बिराट मेडिकल कलेज टंकि सिनुवारी पठाईएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।