इनरुवा : सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ५ स्थित विवेकशील थारु यूवा समुह सुनसरी र मोरङको सम्पर्क कार्यालय उदघाटन भएको छ ।
२०७१ सालमा स्थापना भएको विवेकशील थारु यूवा समुहले समाजमा रहेको विकृति विसंगती विरुद्ध लड्दै सामाजिक कार्य गर्दै आएको विवेकशील थारु यूवा समुह सुनसरी मोरङका संयोजक राजेश भगतले जानकारी दिए ।

कार्यालयको समुदघाटन गर्दै दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छेदारले निरन्तर मेहनतका साथ सक्रिय भएमात्र सफलता हाँसिल हुँने धारणा व्यक्त गरे । मेयर गच्छदारले शुभकामना व्यक्त गर्दै आधुनिकतामा सजग रहनुका साथै पहिचान र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए ।
साथै उनले थारु समुदायमा रहेको दहेज प्रथालाई निरुत्साहित गर्नकालागि यूवाहरुले खेल्नुपर्ने भुमिकाको विषयमा निर्दे्शित गर्दै यूवाहरुले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने र आय आर्जनका लागि शिपमूलक काम गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा थारुके आवाज मोरङ सुनसरीका संयोजक पृथ्वीचन्द थारु, ग्रामथान वडा नम्वर १ का वडाध्यक्ष नमो नारायण माझी र ग्यानिशा चौधरीले शुभकामना मन्त्व्य राखेका थिए ।
कार्यक्रममा थारु अगुवाहरु लगायतको उपस्थिति रहेको थियो ।