इनरुवा : सुनसरीको दुहबी नगरपालिकामा दुहवी जेसीजले ३६ औं पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विहीबार दुहवी पार्टी प्यालेसको सभाहलमा आयोजित एक विषेश समारोहकाबिच पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह कार्यक्रम सम्पन्न भएको हो ।

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको प्रमुख आतिथ्यतामा दुहवी जेसीज २०१८ की अध्यक्ष कञ्चन झाले २०१९ का दुहवी जेसीज अध्यक्ष सन्तोष सिंहलाई पद हस्तान्तरण गरे । साथै दुहवी जेसीज जुनियर २०१८ का अध्यक्ष विकास स्वर्णकारले दुहवी जेसीज जुनियर २०१९ अध्यक्ष कृष्ण पाठकलाई पद हस्तान्तरण गरे ।

कार्यक्रममा २०१८ को दुहवी शाखामा उत्कृष्ट काम गरेको भन्दै दुहवी जेसीजका सदस्यहरुलाई पुरस्कार बितरण गरि सम्मान समेत गरिएको थियो । साथै बर्ष २०१८ की अध्यक्ष कञ्चन झाले आफ्नो बर्षलाई उत्कृष्ट बर्षको रुपमा सफल गराउन सहयोग गर्नु हुने सम्पुर्ण सदस्य र बोर्डका सदस्यलाई आफ्नो मन्तव्यको क्रममा मायाँको चिनोको साथै आफुलाई सहयोग गर्ने सहयोगी व्यक्तिहरुलाई सम्मान गरेकी थिइन् ।
साथै उनले अन्तिम विदाइ मन्तब्य राख्दा उपस्थितिहरुको माहोल नै भावकु बनेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाबाट सहभागिता रहेको थियो । कार्यक्रममा जेसिजका विभिन्न शखाका अध्यक्ष र उपस्थित अतिथिहरुलाई कदर पत्र र मायाँको चिनो प्रदान गरिएको थियो ।