फिक्कल: इलामको सन्दकपुर गाउँपालिका –३ की एक अविवाहित युवतीले इलाम अस्पतालमा बच्चालाई जन्म दिएकी छिन् ।

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी युवतीले बच्चा जन्माएकी हुन् । सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ ।