धरान: गएको पुष २१ गते धरान २ देशिलाईनबाट धरान १२ का ५५ बर्षीय रामबहादुर राईको सामसुङ ग्यालेक्सी जे १ मोबाइल चोरी भएको थियो । सामान किनेको भुक्तानी गर्ने क्रममा चोरले उनको मोवाइल गायब बनाएपछि उनले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उनले दिएको निवेदन र हुलियाको आधारमा प्रहरीले खोजतलास जारी राखेको थियो । अन्तत: मोवाइलको आइ.एम.इ.आई. नम्बर ट्रेस गरी प्रहरीले करिब महिना दिनपछि मोवाइलसहित चोर पक्राउ गगर्न सफल भयो । प्रहरीका अनुसार धरान ७ का १८ बर्षीय साहिल अन्सारीले उक्त मोवाइल चोरी गरी प्रयोग गरेको अनुसन्धानबाट खुल्यो । उनलाई प्रहरीले धरान १९ धनकुटे रोडबाट मोबाइलसहित पक्राउ गरेको थियो । उनलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।