धरान: विश्व क्यान्सर दिवसको अवसर पारेर सोमबार धरानमा रक्तदान कार्यक्रम आयाोजना भएको छ ।

धरान–१५ स्थित हातेमालो उद्यमी महिला समूहको आयोजना भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम भएको हो । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ४३ पिण्ट रगत संकलन भएको समूहकी अध्यक्ष लिला ढकालले बताइन् । समूहले पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गदै धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले महिला दिदीबहिनीहरु सामाजिक सेवामा सक्रिए भएपनि आर्थिक उपार्जनतिर कम लाग्ने बताइन् । नगरपालिकाले उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्नको लागि २५ प्रतिशत राजस्व छुट गरिएकोले यसको अधिकत्तम लाभ लिन आग्रह गरिन् । महिलाहरु आर्थिक रुपमा सक्षम भए घरेलु हिंसाको सिकार हुनुनपर्ने सुझाब दिइन् । रक्तदान कार्यक्रममा महिला सञ्जाल धरानकी निवर्तमान अध्यक्ष शिला बज्राचार्य, सौन्दर्य कला व्यावसायि संघकी अध्यक्ष कमला लिम्बू, दिदीबहिनी समाबेसी समूहकी अध्यक्ष मधु स्थापीतलगायतको उपस्थिती रहेको थियो ।