ताप्लेजुङ : २५ वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले आठराई त्रिवेणी गाँउपालिकाका २७ वर्षीय स्याङबु शेर्पालाई गिरफ्तार गरेको छ ।

पीडितले आफुलाई माघ १७ गते स्याङबुले बलात्कार प्रयास गरेको भन्दैँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । बलात्कार प्रयास गर्दा पीडितले प्रतिकार गर्ने क्रममा घाँटी थिची कुटपिटसमेत गरेकाले जाहेरीका आधारमा स्याङबुमाथि बलात्कार तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारप् दिएको छ ।