भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई २८ वर्षपछि पक्राउ गरेको छ ।

फरार रहेका भोजपुर ट्याम्केमैयुङ गाउँपालिका २ छिनामखु घर भई सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षीय बखतबहादुर कठेतलाई जिल्ला अदालत भोजपुरले २०४७ सालमा हाडनाता करणी ४ वर्ष कैद फैसला गरेको थियो । पक्राउ परेकालाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशमा कठेतलाई लागेको कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि भोजपुर कारागार पठाइएको प्रहरीले जनाइएको छ ।

–नागरिक पूर्वेलीबाट