झापा: झापाको भद्रपुर नगरपालिका १ हिमाली चोकमा बिहीवार टेम्पो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चारआली केचना सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको मे १ ह ३५९१ नम्बरको टेम्पो आँफै अनियन्त्रित भई दिउँसो साढे १२ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा टेम्पोका चालक भद्रपुर नगरपालिका ६ बस्ने ५३ बर्षकी निन्दु माझी, ३ बर्षकी रैनी माझी, झापा कचनकबल गाउँपालिका १ का ४० बर्षकी आमोदी माझी र परिचय खुल्न नसकेकी ५० बर्षकी फूलमुनिया साह घाइते भएका छन् । दुर्घटनामा घाइते सबैलाई उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टेम्पो र चालकलाई नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।