बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ६० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै न्यानो कपडा वितरण गरेको छ ।
बराहक्षेत्र ४ का ६० जान दलित तथा विपन्न ज्येष्ठ नागरिकहरुलाई बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले न्यानो कपडा वितरण गरेका थिए । वराहक्षेत्र नगरपालिका वडा ४ वडा अध्यक्ष आशाराम चौधरीको सभापतित्वमा कार्यक्रम आयोजना भएको थियो । नगर प्रमुख खनालको प्रमुख आथित्यमा भएको कार्यक्रममा गैरसरकारी संस्थाका पुष्प भट्टराई र पुर्वगाबिस अध्यक्ष लक्ष्मण चौधरीलगायत उपस्थित थिए ।
वैदेशिक रोजगारको शिलशिलामा इजरायलमा कार्यरत साविक बक्लौरी ४ निवासी अन्जु कार्कीको ३० हजार सहयोग साथै वडा नं ४ ले ३० हजार थप गरी ६० हजार र सेभ द अर्थ सुनसरीको सहयोगमा बराहक्षेत्र ४ का बिपन्न दलित परिवारलाई ६० थान ब्लाङ्केट बितरण गरिएको वडा नम्बर ४ वडा अध्यक्ष चौधरीले बताए ।