मोरङ : रंगेली नगरपालिका ३ रंजनी भन्ने स्थानमा आगलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ ।
अग्नी प्रसाद पनेरुको गाई गोठमा आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको हो । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो ।
आगलागीबाट गोठमा भएको सखुवाको चिरान काठ ६ सय थान, क्लवको प्लाष्टिकको कुर्सी ५० थान, गिलास ५० थान, प्लेट १०० थान र गोठ नजिकै रहेको ३ बिगा खेतको परालको टाल पुर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।