तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका २ अस्वामा बिहीवार घर छाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।

दिउँसो साढे २ बजेको समयमा घर छाउने क्रममा छानोबाट अचानक लडेर सोही स्थान बस्ने २८ वर्षीय बेद प्रकाश लिम्बु घाइते भएका थिए ।

लडेर गम्भीर घाइते भएका लिम्बुको जिल्ला अस्पताल म्याङलुङमा उपचार पश्चात थप उपचारको लागि धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि धरान स्थित वि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।