विर्तामोड: विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महातारा प्रसाईले समाजमा हुने हिंसाका घटनामा कमी नआएको बताएकी छिन् ।

विर्ताबजारस्थित महेन्द्र रत्न माविमा एविसी नेपालको आयोजना तथा पुर्नजन्म नेपालको सहआयोजनामा लागू पदार्थ दुव्र्यसनी विरुद्धको बालबालिकामा केन्द्रीत सचेतना कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रसाईले संगतका कारण मान्छे ख्यालख्यालमै कुलतमा फस्ने गरेको बताइन् । प्रसाईले त्यसका लागि सधैं सचेत हुनुपर्नेमा पनि जोडदिइन् ।

एविसी नेपालकी झापा शाखा अध्यक्ष कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई, विर्तामोड नगरपालिका वडा नं.–३ का वडाध्यक्ष भोजराज सिटौला, विद्यालयका प्रधानअध्यापक मनबहादुर पायुम लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालय तहदेखि नै लागू पदार्थले पुर्याउने असरबारे जानकार हुनुपर्नेमा जोडदिएका थिए । कार्यक्रमकी अध्यक्ष सिटौलाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन एविसी नेपालकी सहसचिव उमा शिवाकोटीले सञ्चालन गरेकी थिइन् ।