तेह्रथुम : फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा सार्वजानिक शौचालय निर्माण भएपनि प्रयोगमा ल्याइएको छैन । शौचालय प्रयोगमा नआउँदा बजारबासी, यात्रु र आगन्तुकहरुलाई समस्या हुने गरको छ ।

खुल्लादिशामुक्त घोषणा भएको एक वर्ष बढी समय वितिसक्दा समेत निर्माण भएको सार्वजनिक शौचालय नै प्रयोगमा नआउनु दुखद भएको स्थानीयबासीले बताएका छन् ।
शौचालय प्रयोगमा नआउँदा बजार आसपासको क्षेत्रमा खुला दिशा पिसाव समेत हुँदै आएको छ । बजार क्षेत्रमा खुला दिशापिसाव र जथाभावी फोहोर फाल्ने गर्नाले बातावरण प्रदुषित बन्दै गएकोे जनाएको छ ।

गतवर्ष जिल्ला खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयको छ लाख रुपैयाँ लागतमा शौचालय निर्माण भएको थियो । दिशापिसाव गर्नुपर्ने शौचालयमा अहिले ताल्चा लगाइएकोे छ । शौचालय प्रयोगका सम्बन्धमा गाउँपालिकाले चासो समेत देखाएको छैन ।