सप्तरी:सप्तरीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

चटयाङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय महाबिर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै अचानक परेको चटयाङबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।