मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका ४ हबेली टोलमा शनिवार खाना सर्किएर १ जनाको मृत्यु भएको छ ।
खाना सर्किएर सोही स्थान बस्ने ५३ वर्षीय छायादेवी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
विहान साढे ९ बजे खाना खाने क्रममा सर्किएर बेहोस भएकी चौधरीलाई उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा विहान ११ः५५ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।