मोरङ : मोरङको विराटनगर महानगरपालिका १४ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित सुनसरी दुहबी नगरपालिका ३ बस्ने २७ वर्षीय दिपेन तामाङलाई लुपिजेसिक ५ एम्पुल, डाईजेल्याव ५ एम्पुल, एभिल ५ एम्पुल र फेनारागन ३ एम्पुल साथै धरान उपमहानगरपालिका ८ बस्ने ३८ वर्षीय गोपाल योन्जनलाई स्पास्मोप्रोक्सिभोन क्याप्सुल ७२ पिस र नाईट्रोजन ट्याव्लेट २० चक्की सहित पक्राउ गरेको हो ।

उनीहरुलाई दिउँसो पौने ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी रानीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।