झापा : जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको मृत्यु भएको छ ।
जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय भएका भद्रपुर नगरपालिका ७ महेशपुर घर भएका २५ वर्षीय अनिल उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
क्षयरोग सम्बन्धी बिरामी भई उरावलाई शुक्रवार साँझ ६ बजे उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा शनिबार आज बिहान साढे १० बजे सोही अस्पतालमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।