धरान: आज आइतबार वसन्त पञ्चमी अर्थात् श्रीपञ्चमी हो । यो दिनमा हिन्दु धर्मअनुसार विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ ।

यो दिन सरस्वतीको प्रादुर्भाव (उत्पत्ति जयन्ती) भएको दिन मानिन्छ । यस दिन सरस्वतीको आराधना, पूजा गर्नाले सरस्वतीको विशेष आर्शिवाद पाउने विश्वास छ । त्यसैले विद्यालय तथा शैक्षिक संस्थाहरुमा आइतबार सरस्वती देवीको बिशेष पुजाअर्चना गरिन्छ ।

51409939_847937035553591_12

वसन्त पञ्चमीको दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने चलन छ । यो दिन सरस्वतीको विधिवत् पूजा गरेर बालबच्चालाई अक्षाराम्भ गराउदा राम्रो ज्ञान अर्जन गर्ने र विद्वान हुने मान्यता छ । सरस्वती पूजा र अक्षर आरम्भ गराउने सबैभन्दा उत्तम स्थान धरानको सरस्वती सरोवर (पोखरी) भएको पर्यटनकर्मी एवं शास्त्रका अध्येता वासुदेव वराल बताउँछन् । विजयपुरमा अवस्थित श्रीपिण्डेश्वर मन्दिर परिसरमा रहेको सरस्वती सरोवरमा स्नान या जलसेचन गरी त्यहाँ रहेकी सरस्वतीलाई अर्चना गरेर अक्षरर शिक्षा आरम्भ गर्नाले बच्चा भविष्यमा विद्वान् हुने जनविश्वास रहेको उनको भनाई छ ।

51638077_847937285553566_20

यो पोखरी सरस्वती आफैंले निर्माण गरेको र त्यहाँ पूजा अर्चना गर्दा सरस्वतीले कृपा गरिरहने स्कन्धपुराणमा उल्लेख भएको वरालको भनाई छ । त्यसैले पिण्डेश्वर मन्दिर र त्यसको परिसरमा रहेको सरस्वती सरोवर अक्षराम्भ गराउन उत्तम मानिन्छ । यहाँ प्रत्येक वर्ष सरस्वती पूजाका दिन श्रीपिण्डेश्वर बाबाधाम समितिले अक्षाराम्भ गराउने कार्यक्रम गर्दछ । बाबाधाम समितिले पिण्डेश्वर महादेवको मन्दिर पश्चिममा अवस्थित यही सरस्वती सरोकारलाई शनिबार चिटिक्क सजाइएको छ ।

52263862_847937438886884_43