तेह्रथुम : स्थानीय तहमा प्रहरी दरबन्दीको मिलान नहुँदा तेह्रथुमा आवश्यक दरबन्दीभन्दा २५ प्रतिशत कम प्रहरी नागरिकको सुरक्षामा खटिएका छन् ।

जिल्लाको तथ्यांकअनुसार अहिले १ जना प्रहरीले ४ सय ५५ जना नागरिकको सुरक्षाको जिम्मा लिएका छन् । जिल्लामा आवश्यक दरबन्दि ३ सय १६ जना रहेपनि अहिले २ सय ४४ जना मात्र प्रहरी रहेकाले नागरिकको सुरक्षामा समेत चुनौती बढ्दै गएको छ ।
सुरक्षा संवेदनशीलतालाई हेर्ने हो भने जिल्ला प्रहरी कार्यालयमा १ सय ८९ दरबन्दी भएपनि ८२ जना मात्र प्रहरी नागरिकको सुरक्षाका लागि खटिएका छन् । इलाका प्रहरी कार्यालय बसन्तपुरमा ५३ जना प्रहरी हुनुपर्नेमा अहिले ३७ जनाले मात्र नागरिकको सुरक्षालाई सुनिश्चित गरेका छन् । आठराई गाउँपालिकामा ७४ जना कार्यरत हुनुपर्नेमा ४२ जना मात्र प्रहरीले नागरिकलाई सुरक्षा दिनुपरेको छ । २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा अहिले इलाका प्रहरी कार्यालय बसन्तपुर र इलाका प्रहरी कार्यालय आठराईमा गरी जम्मा ४६ जना प्रहरीलाई नागरिकको सुरक्षाका लागि राज्यले खटाएको छ ।

–नागरिक पूर्वेली दैनिकबाट