सुनसरी : ईनरुवा नगरपालिक ३ कंशमोडामा सोमवार पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ ।

पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने रामदेव मेहेताको १८ महिनाको छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
अपरान्ह ४ बजे घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको खबर आफन्तले जानकारी गराउनासाथ प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात बालिकाको शव परिक्षणको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।