सुनसरी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका १ मा सोमबार सडक दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

राती सवा ११ बजे रोकेर राखेको को. १ त. ६१२६ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बा १७ च. १४२ नम्बरको कार पछाडीबाट छिरेको थियो ।

दुर्घटनामा कारमा सवार काठमाण्डौ जोरपाटी बस्ने ६५ वर्षीय पिताम्वर खतिवडा, उनको श्रीमती ५९ वर्षीय मीना खतिवडा गम्भीर घाइते भएका छन् भने कार चालक छोरा ४० वर्षीय निर्मल खतिवडा, बुहारी ३० वर्षीय सृजना खतिवडा, नाती १० वर्षीय निश्चल खतिवडा र १६ महिनाको नाती निर्भार खतिवडा सामान्य घाइते भएका हुन् ।
दुर्घटनामा घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।