इटहरी: इटहरी उपमहानगरपालिका १२ खनारबाट लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
रातको समयमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले खनार चौकमा शंकास्पद तरिकाले हिडिरहेका ईटहरी १० का १८ बर्षीय सागर चौधरीलाई पक्राउ गरेको हो । शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध नाईट्रोजन १० ट्याब्लेट बरामद गरेको प्रहरीको भनाई छ ।
यसैगरी राती साँढे ९ बजे सोही स्थानबाट काठमाण्डौ कोटेश्वर घर बताउने २५ बर्षीय फुर्साङ तामाङ पनी लागूऔषधसहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले १४ ट्याब्लेट फेनारागन, १७ ट्याब्लेट लुपीजेसीक र १६ ट्याब्लेट डाईजेपाम बरामद गरेको प्रहरीको भनाई छ । लागूऔषधसहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।