पथरी : लेटाङ नगरपालिका–५ खेरुवाबाट प्रहरीले आइतवार साँझ बलात्कारको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बलात्कारको आरोपमा सोही स्थानका ४१ वर्षीय राजन कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले गते माघ २५ गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने बालिकाको आफन्तले दिएको जाहेरीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।