झापा: झापाको दमक नगरपालिकामा स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, नीजि क्षेत्र र सञ्चारकर्मी बीच सुचनाको हक र खुल्ला तथ्याङ्क विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
एसिया फउन्डेसनले गरेको अध्ययन र खोज तथा अन्वेसणमुलक तथ्याङ्कमा स्थानिय जन निर्वाचित जनप्रतिनिधि, संघ सँस्था, निजि क्षेत्र र सञ्चारकर्मीहरु विच अन्र्तक्रिया गरेको हो । फउण्डेसनका प्रतिनिधी शैलेन्द्र सिग्देलले प्रश्तुती गरेको खुल्ला सरकार साझेदारी को आधारमा एसिया फउण्डेसनले देसका ११ वटा गाउँपालिका तथा नगरपालिकाहरुमा अध्ययन गरी तयार परिएको प्रतिवेदन सार्वजनिक गर्दै सुझाव संकलन समेत गरेका थिए ।

दमक नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा खुल्ला सुचना र खुल्ला तथ्याङ्क विचको फरक र यसको आवश्यकताका वारेमा अन्र्तक्रिया गरिएको थियो । सरकारी निकाय, एनजिओ, निजि तथा सार्वजनिक निकायहरुले जस्तो सुकै अवस्थामा पनि आम नागरिकले मागेको खण्डमा सुचना दिनु पर्ने कानुनमै उल्लेख भएको वताउदै फउण्डेसनका प्रतिनिधी शैलेन्द्र सिग्देलले तथ्याङ्क सार्वजनिक गर्दा वा माग भएमा जस्ताको तस्तै उपलब्ध गराउनु पर्ने कानुनमा ब्यवस्था गरिएको वताए ।
गाउँपालिका तथा नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिविधि तिनको वजेट लगायत खर्च विवरण जनताले चाहेको वखत उपलब्ध गराउनु पर्ने सुचनाको हक भित्र पर्ने वताउदै दमक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष वोधराज न्यौपाने भन्छन नगरपालिकाले जनता सँग सरकार नामक एप्स निर्माण गरी सो एप्स मार्फत सम्पुर्ण जानकारीहरु सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।