मोरङ : विराटनगर महानगरपालिका ४ इक्राहीमा १ बालिकालाई जवरजस्ती करणीको प्रयास गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जवरजस्ती करणीको प्रयास गर्ने सुनसरी दुहवी भलुवा १ बस्ने २२ वर्षीय सलमोदिन मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहान सवा ११ बजे को २ ह २०११ नम्बरको सिटी सफारी चालक मियाले बालिकालाई ललाई फकाई सिटी सफारीमा हालेर नजिकै रहेको उखु बारीमा लगेर करणीको प्रयास गर्दा बालिका चिच्याए पश्चात स्थानीयले थाहाँ पाएर प्रहरीमा खबर गरेका थिए ।

घटनास्थलमा तत्काल प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली खटि गई सिटी सफारी सहित मियालाई पक्राउ गरेको हो । पक्राउ परेका मियालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईहेको उक्त कार्यालयले जनाएको छ ।