उदयपुर : त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले बुधवार ठुलो परिमाणको लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही स्थान बस्ने ३६ वर्षीय गणेश गुप्ता र २६ वर्षीय ओम प्रकाश राईलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा तत्काल खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई खानतलासी गर्ने क्रममा गुप्ताले बोकेको झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको लागूऔषध फेनारगन २६० एम्पुल, लुपिजेसिक १२० एम्पुल, डाईजेल्याब २७२ एम्पुल, नुफिन १६५ एम्पुल र नाईटोसन ट्याव्लेट १०० चक्की बरामद गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।