झापा : मेचीनगर नगरपालिका ५ मा एक बृद्धालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ ।

बृद्धालाई जवरजस्ती करणीको प्रयास गर्ने सोही नगरपालिका बस्ने २३ वर्षीय कुमार लिम्बुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका राईले बुधवार दिउँसो १२ बजे ७६ बर्षीया वृद्धालाई घरमा सुतीरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भनि उनको श्रीमानले दिएको उजुरीको आधारमा सिमा प्रहरी चौकी नकलबन्दबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।