मोरङ: इलाका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकलसहित वरामद गरेको घरेलु मदिरा(रक्सी)लाई आज नष्ट गरेको छ ।

कार्यालयले बिभिन्न मिति र समयमा मोटरसाइकलसहित पक्राउ परेको ठुलो परिणामको घरेलु मदिरा(रक्सी) जनप्रतिनिधि, समाजेवी, पत्रकारको रोहबरमा नष्ट गरेको हो । बेलबारी प्रहरीले को.७ प.८९४५ नम्बरको होण्डा साईन, को.४ प.८४८५ नम्बरको डिस्कवर, को.४ प.५३०० नम्बरको यामाहाको ट्याङ्कि र क्यालिभरको ईन्जिन भएको मोटरसाइकलसहित अवैध घुरेलु मदिरा पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार अबैध घरेलु मदिरा (रक्सि) ७ सय २५ लिटर नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये १ सय २० लिटर मदिरा(रक्सि)सहित ३ वटै मोटरसाइकल बिराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा बुझाएको प्रहरी निरीक्षक राकुमार राईले जानकारी दिए ।' बाँकी करिब ६ सय ५ लिटर रक्सीलाई आज नष्ट गरिएको हो,'उनले भने,'मोटरसाइकल पनि राजश्वमा बुझाएका छौ ।' प्रहरी निरीक्षक राईका अनुसार प्रहरीले अवैध मदिरासहित मोटरसाइकल पक्राउ गरे पनि चालक भने पक्राउ पर्न नसकेको बताए । प्रहरीलाई देख्ने बित्तिकै मोटरसाइकल छोडेर भागेको कारण पक्राउ गर्न नसकेको उनले बताए ।