सुनसरी : ईटहरी उपमहानगरपालिका १६ सरस्वति निम्न माध्यमिक बियालय बालग्राम नजिक फुटबल खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहार गर्दा २ जना घाईते भएका छन् ।
शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने १६ वर्षीय हिमाल बस्नेत लगायत ४ जना र ईटहरी १० बस्ने वर्षीय १६ को अनिस राई लगायत ४, ५ जना बिच फुडबल को निहुमा विवाद भई चक्कु प्रहार गर्दा हिमाल बस्नेत को दाहिने हातको औलामा चोट लाग्नुका साथै अनिस राईको दाहिने पेटमा चक्कुले लागेको थियो ।
हिमाल बस्नेतलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ भने अनिसको वी.पी. कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपाचार भईरहेको छ साथै फरार रहेका अन्य ब्यक्तीहरुको खोजतलाश भईरहेको समेत उक्त कार्यालयले जनाएको छ ।