खोटाङ : बाँदर समाउनका लागि खोटाङ पुगेका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ ।
अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको उत्तर प्रदेशबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको हो । बाँदर नियन्त्रणका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति नै बनाएर स्थानीय सक्रिय बनेका छन् । समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेका अनुसार बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले आफ्नो थप ७ जनाको टोली शुक्रबार ल्याएका हुन् ।
बाँदरलाई समातेर निकुञ्ज र्पुयाउनका लागि नगरपालिकाकै १० लाख रुपैयाँको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको अध्यक्ष घिमिरेले बताए ।