झापा : भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाज हनुमान चौकले घरमै गएर एक जना वृद्धलाई सम्मान गरेको छ ।
समाज दर्ताको पहिलो अभियान अन्र्तगत शनिबार आयोजीत कार्यक्रममा धन्षमोड स्थित नव ज्योती टोल निवासी पत्रकार रेवतिराज घिमिरेका ८४ बर्षिया अपाङ्ग पिता केशव प्रसाद घिमिरेलाई सम्मान गरिएको हो ।
घिमिरेलाई सम्मान गर्न घर मै पुगेका समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, प्रमुख अतिथि नेप्सुनका केन्द्रिय सदस्य घनश्याम अधिकारी लगाएतका कार्यसमिति पदाकिारीहरुले नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र दिएर सम्मान गरेका थिए ।
समाजका अध्यक्ष कमलप्रसाद अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै समृद्ध समाज निर्माणकार्यमा सकृय रहेको चन्द्रगढी सेवा समाजले भावी दिनहरुमा समाज परिवर्तनका लागि उल्लेखनीय गतिविधिहरु गर्दै जाने बताए ।
समाजकी सचिव देवीमाया अधिकारीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि अधिकारी, हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्ग बहादुर बुढाथोकी, संचारकर्मी द्रोण अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।
समाजका उपध्यक्ष नयाँनाथ पाण्डेले सम्मान पत्र बाचन गरेको कार्यक्रममा विभिन्न स्थानीय व्यक्तिहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।