धनकुटा : ६९ औं राष्टिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ भव्य रुपमा तिनदिन सम्म धनकुटामा मनाउने शनिबार निर्णय भएको छ ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवानको अध्यक्षतामा आज वसेको सर्वपक्षिय भेलाले धनकुटामा ६९ औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा फाल्गुण ६ गते जिल्ला प्रशासन कार्यालय धनकुटाबाट सहिद भीम नारायण चौक सम्म सडकको दाया वाया सरसफाई गर्ने, ७ गते मदन चौकमा भेला भै प्रभात फेरी जिविस सभाहल देव्रेवास सम्म गरी अन्र्तक्रिया गर्ने र ८ गते धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गर्ने र रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटाले ७ गते परिसम्वाद कार्यक्रम गर्ने र पत्रकार महासंघ धनकुटाको संयोजनमा समेत धनकुटाका चारवटै सामुदायिक एफ एमहरुमा समेत परिसम्वाद कार्यक्रम गर्ने र प्रत्येक दिन साँझ दिपावली गर्ने निर्णय भएको जिल्ला समन्वय समितिको कार्यालय धनकुटका जिल्ला समन्वय अधिकारी तिर्थ धितालले बताए ।