मोरङ : विराटनगर महानगरपालिका १५ बाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने २२ वर्षीय दिनेश रोक्का र धरान १६ बस्ने २२ वर्षीय गोविन्द मगरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक १५ एम्पुल, डाईजेल्याव १५ एम्पुल र एभिल १५ एम्पुल बरामद गरेको छ । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।