सप्तरी : सप्तरीको राजविराजको बाँस घारीमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

राजविराज नगरपालिका–९ स्थित राजेन्द्र वर्माको बाँस घारीमा सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

रातो साडीमा झोला भित्र बेरेर प्लास्टिकको राखिएको अवस्थामा वालिका मृत फेला परेको जनाइएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी भावेश रिमालले बताए ।