इटहरी : सुनसरीको इटहरी उपमहानगर पलिका वडा नम्बर ४ मा रहेको ऐतिहासिक महत्व बोकेको माता मनकामना मन्दिरको संरक्षण तथा प्रबर्धनका लागी भन्दै पहिलो दिन शिव महापुराण ज्ञान महायज्ञको कलश यात्रा गर्दै प्रारम्भ भएको छ । माता मनकामना मन्दिरबाट पन्चे बाजा सहित निकालिएको कलश यात्रामा थारु म्हिला,विद्यार्थी,लगायतका भक्तजनहरुको सहभागिता रहेको थियो ।
सो कलश यात्रा गंगाजमुना मुक्तिघाटबाट जल लिएर, राधाकृष्ण शिव मन्दिर हुदै पुनः माता मनकामना मन्दिर सम्म पुगेर कलश यात्रा टुंगिएको थियो । शिव महापुराण यहि फागुन ८ गते देखि २० गते सम्म लाग्ने छ । बि.स २०५२ सालमा गोर्खा जिल्लाको मनकामना मन्दिरबाट दियो र कलसको संकल्प गरेर स्थानिय रामबाबु नेपाल लगायतका व्यक्तिहरुले ल्याएर इटहरीमा मन्दिरको स्थापना गरेका थिए । शिव महापुराण ज्ञान महायज्ञको सुरुसंगै मन्दिरको प्रचारप्रसारमा सहोग मिल्ने संचार संयोजक बिजया प्याकुरेलले बताईन् ।
पौराणिक तथा धार्मीक महत्व राख्ने यस्ता धरोहरहरुको संरक्षण गर्न सके स्थानिय क्षेत्रमा पर्यटनको बिकास संगै एैतिहासिक क्षेत्रको महत्व हुने बताए ।