इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुरको नहर पुलमा मोटरसाइकल अनियंत्रित भई चालक अन्दाजी ३५ वर्षका भारतीय नागरिक ज्याबुल मंसुरी गम्भीर घाइते भएको छ ।

भुटाहाबाट भारतको बउवान जानेक्रममा हरिनगर गाउँपालिका वडा नम्बर ५ साबिकको बसन्तपुर गाविस अन्तरगत पर्ने घुस्की जाने नहरको पुलमा ओभर स्पिड्मा रहेको मोटरसाईकल अनियंत्रित भई दुरघटना हुदाँ चालक मन्सुरी गम्भीर घाइते भएको बसन्तपुर प्रहरीले बताए । दुर्घटना आज बेलुका ५ बजे भएको हो ।


भारती नम्बर प्लेटको सुपर स्पेलेन्डर बि.आर.३८ एल.३३७८ नम्बरको मोटरसाइकल अनियंत्रित भई दुर्घटना हुदाँ भारतको बउवानका मोटरसाईकल चालक ज्याबुल मन्सुरी गम्भीर घाइते भएको प्रहरी चौकी बसन्तपुरका प्रमुख जोगेन्द्र चोधरीले जानकारी दिए ।
दुर्घटना भई गम्भीर घाइते भएको मन्सुरीलाई उपचारका लागि बिराटनगरका म्यक्स हस्पिटलमा उपचार भईरहेको चौधरी बताए ।