इनरुवा : सुनसरीमा १४ वर्षिया बालिकालाई बलात्कार गरी चार महिनाको गर्भपतन गराएको आरोपमा एक जना पक्राउ परेका छन् ।
भोक्राहा नर्सिङ गाउँपालिका ३ की एक बालिकालाई डरधम्की दिई बलात्कारपछि गर्भपतन गराएको आरोपमा ३० वर्षिय राजकुमार साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । बालिकालाई पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बालिका गर्भवती भएपछी साहले भारतको बिहार राज्यस्थित सुपौल जिल्लामा लगेर गर्भपतन गराएको प्रहरीले जनाएको छ ।
बलात्कृत बालिका विरामी भएको बेला भारतमा लगेर उपचार गरिदने भन्दै साहले बालिकाका परिवारलाई ललाई फकाई भारत लगेर गर्भपतन गराएको खुलेको हो ।