धरान: सबैको अनुमान विपरीत 'ग्रीन बुक'ले यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड पाएको छ । अश्वेत व्यक्तिको श्वेत ड्राइभरको कथामा आधारित फिल्म हो, ग्रीन बुक । यो फिल्मलाई समीक्षकहरुले त्यति रुचाएका थिएनन् । तर यही फिल्मले ओस्करमा बाजी मार्यो ।

अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाए । उनलाई 'रोमा' नामक अर्ध-आत्मवृतान्तमा आधारित फिल्मका लागि यो अवार्ड दिइएको हो । उनले यो दोस्रो पटक ओस्कार अवार्ड थापेका हुन् । २०१४ मा पनि ग्य्राभिटी फिल्मबाट उनले ओस्कार जितेका थिए ।

2019-02-25t040003z1446534845rc124dd30670rtrmadp3awards-oscars-2522019055442-1000x0

अभिनेत्री ओलिभिया कोलमनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । पहिलो पटक ओस्कारका लागि मनोनयनमा परेकी उनले 'द फेवरेट' फिल्मबाट ओस्कार हात पारिन् । सर्वोत्कृष्ट अभिनेतामा पनि पहिलो पटक नै मनोनयनमा परेका अभिनेता रमी मालेकले ओस्कार थापे ।'बहिमियन र्‍याप्सोडी' फिल्मबाट उनले यो अवार्ड पाएका हुन् ।

2019-02-25t044336z1492625446hp1ef2p0d4njfrtrmadp3awards-oscars-2522019055509-1000x0